दफा २७
पीडित प्रभाव प्रतिवेदनलाई आधार लिन सकिने
(१) अदालतले कसूरदारलाई सजायनिर्धारण गर्दा पीडित प्रभाव प्रतिवेदनलाई समेत आधार लिन सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २६ को उपदफा

(२) बमोजिम नक्कल दिन इन्कार गरिएको वा प्रतिवेदनको गोप्य राखिएको भागलाईअदालतले सजाय निर्धारण गर्दा आधार लिने छैन ।